विराटनगरको कञ्चनबारीमा रोयल अनलिमिटेड बफेट सञ्चालनमा, ७९९ रुपैयाँमै ३० भन्दा बढी परिकारको स्वाद

Jugesh Das 12+ समाचार ( )
२९ अशोज २०८३

विराटनगर । विराटनगरको कञ्चनबारीमा रोयल अनलिमिटेड बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ। तीन जना युवाको संयुक्त लगानीमा आजदेखि सञ्चालनमा आएको बफेटमा ग्राहकले एउटै स्थानमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन पाउने भएका छन्।

बफेटका सञ्चालक पप्पु अन्सारीका अनुसार ग्राहकलाई किफायती मूल्यमा विभिन्न स्वादका परिकार उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो। यहाँ ग्राहकले एउटै मूल्यमा विभिन्न प्रकारका परिकारको स्वाद लिन सक्ने उनले बताए।

करिब ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आएको बफेटमा श्याम तिम्सिना, रञ्जनकुमार शाही र पप्पु अन्सारीको संयुक्त लगानी रहेको छ।

नयाँ व्यवसायमा लगानी गरेका तीनै जना युवा यसअघि पनि खाद्य तथा आतिथ्य सेवासम्बन्धी व्यवसायमा संलग्न रहँदै आएका छन्। उनीहरूद्वारा सञ्चालित रोयल बिर्यानीका विराटनगरसहित विभिन्न स्थानमा एक दर्जनभन्दा बढी शाखा सञ्चालनमा रहेको जनाइएको छ।

रोयल अनलिमिटेड बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएसँगै विराटनगरमा विभिन्न परिकारको स्वाद लिन चाहने ग्राहकका लागि अर्को विकल्प थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार