प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली स्पेन भ्रमणमा आउन लागे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ असार २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली स्पेन भ्रमणमा आउन लागेको छ। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन आउन लागेका हुन्।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहनेछ। स्पेनस्थित नेपाली राजदूतावास म्याड्रिडका अनुसार भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

प्रधानमन्त्री ओलीसहितको टोली जुन २८ तारिख बिहान कतार एयरवेजमार्फत म्याड्रिड आइपुग्नेछ र सोही दिन दिउँसो रेलमार्फत सेभिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार