नक्कली भुटानी शरणार्थी प्रकरणमा निवेदनमाथिको सुनुनवाइ स्थगित

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ भाद्र २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

थुनामा परेका आरोपितका कानून व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जन नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।

धरौटीमा छुटेका दुई जनालाई थुनामा राख्नुपर्ने भनी सरकारी वकिलको कार्यालयले पनि निवेदन दिएको छ । सबै निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार