हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।>
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ। देशका विभिन्न स्थानका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।>
काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङजा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको विभागले बताएको छ । >>