सुनको मूल्य तोलामा एक हजारले घट्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१६ पौष २०८१

मंगलबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो कारोबार दिन १ लाख ५० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।   सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार