सडक डिभिजन कार्यालयले काठमाडौँका सडकमा खाल्डाखुल्डी पुर्दै

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
११ भाद्र २०८२

काठमाडौंलाई खाल्डारहित बनाउने अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको छ । सडक डिभिजन काठमाडौंको जिम्मेवारी अन्तर्गत यस खण्डका खाल्डा पुर्ने काम गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौंको सडकमा देखिने खाल्डाखुल्डीका कारण संघ र स्थानीय सरकारको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार