सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० फाल्गुन २०८१

सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर ग्यासमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहित ५ बुँदे सहमति भएको हो ।

नेपाल आयल निगमका अनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भए पनि यसको मार उपभोक्तामा पर्ने छैन । अर्थात, प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ नै पर्नेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार