कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१६ असार २०८२

कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा  अति भारी वर्षा भएको छ । बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन विभागले भनेको छ ।

अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यहरुलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

यसैगरी पुनर्बासमा एउटा घर तथा बेदकोट र भिमदत्तको सिमानामा पाँच वटा घरमा पनि बाढी पसेको छ । तर मानवीय र ठूलो भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार