विराटनगर महानगरपालिकाले आगामी असार २५ र २६ गते सबै वडाका स्वास्थ्य संस्थामा कोभिड–१९ विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । >
स्वास्थ्य संयोजक दिलीपकुमार यादवले ५५ वर्षभन्दा माथिका नागरिक, १२ वर्षभन्दा माथिका दीर्घरोगी, अहिलेसम्म खोप नलगाएका व्यक्ति, बुस्टर डोज नलगाएका तथा प्रत्यक्ष जनसम्पर्कमा रहने कर्मचारीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार, खोप लगाउन खोप कार्ड र कुनै पनि सरकारी परिचयपत्र अनिवार्यरूपमा साथमा ल्याउनुपर्नेछ । >
खोप कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन स्वास्थ्य शाखाले आवश्यक तयारी पूरा गरिसकेको महानगरले जनाएको छ ।>
>>