क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि छिमेकी मुलुक भारतको पुणेमा एक ११ वर्षीय बालकको मृत्यु भएको छ ।>
भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ । रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेको अवस्थामा ब्याट्सम्यानले बललाई ट्याकल गरेको र सो बल सौर्यको गुप्ताङ्गमा लागेर ढलेको सीसीटीभीमा देख्न सकिन्छ । घटना लगत्तै शौर्यका साथीहरूले उनलाई ‘रिभाइभ’ गर्न प्रयास पनि गरेका थिए ।>
घटनाको केही समय भित्रनै शौर्यलाई एक निजी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
>>