उद्धार कार्य गर्दै सेनानी मिलन केसीको मृत्यु

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१३ अशोज २०८१

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा नेपाली सेनाका सेनानी मिलन केसीको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काका अनुसार, केसी र अन्य दुई कोरियन नागरिक रिसोर्टमा पुगेका थिए, त्यतिबेलै पहिरो गएको थियो।


एसपी खड्काले भने, "पहिरो गएपछि सेनानी केसी सुरक्षित स्थानमा पुगे पनि कोरियन नागरिक अड्किएपछि उनी उद्धारका लागि पुगेका थिए। त्यतिबेलै ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको थियो।"


कोरियन नागरिकको पनि ज्यान गएको जानकारी प्राप्त भएको छ। उक्त रिसोर्टबाट १६ जनाको उद्धार गरिएको छ, र अझै एक जना फसेको आशंका छ, खोजतलास जारी रहेको एसपी खड्काले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार