अफताब अलि/बिराटनगर II मोरङका प्रहरी प्रमुख नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । उनलाई अपराध अनुसन्धान विभागमा सुरुवा गरेर त्यहाँका एसपी राजन लिम्बुलाई मोरङ खटाइएको हो ।>
लाइभ न्यूज संग कुरा गर्दै , नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने , मोरङका एसपी कार्कीको प्रहरी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो । अब मोरङको प्रहरी प्रमुखमा अपराध अनुसन्धान कार्यालयकै राजन लिम्बूलाई जिम्मेवारी दिइसकेको छ । प्रवक्ता कार्कीले सरुवाको कारणबारे भने जानकारी नभएको बताएका छन् ।>
सामान्यतः प्रहरी अधिकृतहरुको एक वर्षे अबधि पुरा भएपछि मात्र नियमित सरुवा हुने गरेको छ । २०८० फागुन २ गते मोरङको एसपी भएर आएका कार्कीको भने ८ महिनामै सरुवा भएको हो ।
>
एसपी कार्कीले यसअघि प्रमुख जिल्ला अधिकारीसंग मिलेर तस्करीको लाइन चलाएको भन्दै उनीविरुद्ध प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी परेको थियो । उनीहरुले तस्करीको सामानमा छुट दिएवापत विभिन्न व्यापारी र तस्करी चलाउनेहरुसँग मासिक लाखौं रुपैयाँ लिने गरेको आरोप लागेको थियो । त्यसबारे छानविन भएपनि कुनै कार्वाही भएको थिएन ।>
>>