गत साता १.९६ प्रतिशत घटेको सेयर बजार यो साता ०.५६ प्रतिशत बढेको छ । गत साता २६४० अंकमा रहेको बजार यो साता २६५५ अंकमा कायम भएको छ । >
यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार ११.०६ अंक घटेको बजार सोमबार २३.१९ अंक बढ्यो । त्यस्तै मंगलबार २५.०७ अंक बढेकोमा बुधबार १३.६९ र बिहीबार ९.०८ अंक घट्यो । यो साता कारोबार रकम उल्लेख्य देखिएको छ । आइतबार ९ अर्ब १३ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ६८ करोडको भयो ।>
मंगलबार १० अर्ब १६ करोड, बुधबार ९ अर्ब ९० करोड तथा बिहीबार १२ अर्ब ५१ करोडको भयो । बुधबारको कारोबार रकम गत फागुन २० यताकै उच्च हो ।>
>>