सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२५ फाल्गुन २०८१

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राताम्मे भएको छ । आज नेप्से ४६.३३ अंकले घटेर २ हजार ७ सय ७२ दशमलव १० विन्दुमा बन्द भएको हो ।

आजको कारोबारमा २४ कम्पनीको शेयरमूल्य बढ्दा २१७ को घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । घटेको बजारमा दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा Guardian Micro Life Insurance र ICFC Finance Limited Debenture रहेका छन् । उपकार लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

Himalayan Reinsurance कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब १२ करोड ४८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार