सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन , चुच्चे नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णय

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२१ वैशाख २०८१

सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

भारत अधीनस्थ रहेका कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो । तर, सयको नोटमा नेपालको नक्सा पुरानै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार