अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार , १ लाख ५२ हजार रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२२ पौष २०८१

सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्यमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हाल प्रतितोला १ लाख ५२ हजार रुपैयाँ छ । अघिल्लो दिन सुन प्रतितोला १५०० रुपैयाँ घटेको थियो । सुनको मूल्य नेपाली बजारमा गत कात्तिक १५ गते हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । 


प्रतिक्रिया

सम्बन्धित समाचार