तोलामा ३ हजार बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
२६ अशोज २०८२

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ ।


चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार