तोलामा १७ सय घट्यो सुन, तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१० असार २०८२

बहुमूल्य पहेँलो धातु सुनको भाउ आज मंगलबार घटेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ घटेको छ ।

सोमबार प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार