६ सय रुपैयाँ घट्यो सुन , तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
४ असार २०८१

सोमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ तोलामा १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार