नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ । >
यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ३ सय रुपैयाँ बढी हो । बजेटले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा बढाउनुपरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । थपिएको भन्सार दरले मात्रै करिब तोलामा ६ हजार रुपैयाँ मूल्यमा असर परेको उनले बताए । >
२४ घण्टामा अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य १.२ प्रतिशत घटेको छ ।नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला १९ सय रुपैयाँ कायम भएको छ ।
>>