नेसनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले झण्डै ३० वर्षअघि अन्तरिक्षबाट खिचिएको सगरमाथाको तस्वीर सार्वजनिक गरेको छ । >
यसै साता सार्वजनिक गरिएको उक्त तस्वीर स्पेस शटल कोलम्बियाका चालक दलले ३० नोभेम्बर १९९६ मा एसटीएस-८० मिशनको समयमा खिचेको थियो ।तस्वीरमा ८,८४८ मिटर उचाइमा रहेको सगरमाथा र धेरै हिमनदीहरू देखिन्छन्। अंग्रेजी अल्फाबेट ‘भी’ आकारको उपत्यकाको बायाँतिर सगरमाथा अवस्थित छ । >
नासाका अनुसार सन् १९९६ को अन्तिम शटल उडान रहेको एसटीएस-८० मिशनले दुईवटा स्वतन्त्र रूपमा उड्ने अनुसन्धान यानको सफल प्रक्षेपण, सञ्चालन र पृथ्वीमा फर्किएर मुख्य उपलब्धि हासिल गरेको थियो।>
>>