रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
३० जेठ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेलाई राजदूतले पार्टी कार्यालय बसुन्धरा पुगेर भेट गरेका हुन् ।

भेटमा विभिन्न समसामयिक विषय र विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको रास्वपाले जनाएको छ ।

उक्त भेटघाटमा पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार