नवलपरासीमा मिनरल वाटरमा भेटियो हानिकारक ब्याक्टेरिया

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१८ भाद्र २०८०

 नवलपरासीको बर्दघाट–७ नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएको छ । बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर पानी परीक्षणका लागि पठाएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट आएको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताउनुभयो ।

 पानीमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएपछि उद्योगलाई ४८ घण्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार