विराटनगर—१० स्थित अर्किड बिद्यालयले कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितामा भव्य हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विषयमा आधारित प्रश्नहरूको सामना गर्दै आफ्नो ज्ञान र तर्कशक्ति प्रदर्शन गरेका थिए । >
प्रतियोगिता कक्षागत रूपमा विभाजन गरिएको थियो, जहाँ कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूले बालमैत्री विषयहरूमा आधारित प्रश्नहरूको सामना गरे, भने कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान, गणित, इतिहास, साहित्य, र सामान्य ज्ञानजस्ता गहन विषयमा प्रतिस्पर्धा गरे।>
कार्यक्रममा अभिभावकहरूको सक्रिय उपस्थिति रहेको थियो। उनीहरूले बालबालिकाको प्रस्तुति हेर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास र बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।>
प्रतियोगिताको अन्त्यमा प्रत्येक कक्षाका विजयी समूहलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेको बिद्यालयका प्रधानाध्यपकले बताए । >
अर्किल बिद्यालयले ले आफ्नो उत्कृष्ट व्यवस्थापन र शैक्षिक गतिविधिहरूको माध्यमबाट विद्यार्थीहरूको प्रतिभा उजागर गर्न निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।>
>>