अमेरिकाले एकैपटक गर्‍यो अहिलेसम्मकै धेरै नेपालीलाई डिपोर्ट

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२६ जेठ २०८२

अमेरिकाले एकैपटकमा अहिलेसम्मकै धेरै नेपालीलाई डिपोर्ट गरेको छ। त्यसरी डिपोर्ट गरिएकाहरुलाई आइतबार अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाड्दैछ।

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले डिपोर्ट गरिएका नेपाली लिएर दिउँसो अमेरिकी चार्टर्ड विमान काठमाडौं आउँदैछ। दिउँसो ४:४५ बजे डिपोर्ट गरिएका नेपालीहरू बोकेको विमान त्रिभुवन विमानस्थल अवतरण गर्ने जानकारी प्राप्त भएको उनले बताए। विमानमा डिपोर्ट गरिएका कति नेपाली छन् भन्ने यकिन जानकारी भने प्राप्त नभएको उनले बताए। 'ठूलो संख्यामा छ भनिएको छ।

तर यकिन कति छन् भन्ने जानकारी छैन,' उनले भने।प्रवक्ता न्यौपानेले यसअघि पाँच/सात जनालाई डिपोर्ट गरिए पनि योपटकको संख्या ठूलो रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार