नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे ।>
यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो । पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म आवासीय कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जा सीमा ७० प्रतिशत थियो । त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ ।>
यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।>>