नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
३० श्रावण २०८२

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गरेर नेपालले थप अभ्यास खेलहरू खेल्ने जानकारी गराएको हो । यो तयारी शृंखला अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल खेल्नेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ ।

त्यस्तै ३० अगस्टमा साउथ अष्ट्रेलियासँग वान डे म्याच खेल्नेछ । टप एण्ड टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल भोलि खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार