जेनजी आन्दोलन इतिहासकै अकल्पनीय र दु:खद घटना : देउवा

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१३ अशोज २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरू नेपालको इतिहासमा अकल्पनिय र दु:खद घटना भएको बताएका छन् ।

सोमबार बडादशैंको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर गम्भीर घाइते भएका देउवा अहिले पनि अस्पतालमै छन् । सुरक्षाको कारण देखाउँदै उनी सार्वजनिक भएका छैनन् ।

शुभकामना सन्देश भने उनले सामाजिक सञ्जालमार्फत प्रेशित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार