राजाको पक्षमा काठमाडौंमा केही भएकै छैन : देउवा

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२६ फाल्गुन २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न सोमबार धनगढी पुगेका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । हिजो काठमाडौंमा अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ ? भन्दै देउवालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा देउवाले भनेका छन्, ‘कहाँ अद्भुत हुन्छ ? केही भएकै छैन ।’ उनले अहिले दुई दल सरकारमा रहेको र सरकार राम्रोसँग चलेको पनि जिकिर गरे । ‘दुईवटा पार्टी सरकारमा छन् । राम्रैसँग चलेको छ ।

सरकारमा कुनै समस्या छैन,’ उनले भने । उनले ०८४ सम्म सरकार चल्ने पनि दाबी गरे । उनले पार्टीको महाधिवेशन समयमै हुने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार