अहिलेको सरकार अब नचल्ने प्रचण्डको दाबी

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२६ पौष २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अप्राकृतिक भएकोले अब नचल्ने बताएका हुन् । ‘यो गठबन्धन अप्राकृति, अलोकतान्त्रिक र अप्राकृतिक छ भनेर मैले गम्भीर रुपमा पार्लियामेन्टमा पनि बाहिर पनि भनेको सुन्नुभएको छ । अप्राकृतिक ढंगले अब यो चल्दैन,’ प्रचण्डले भने ।

प्रचण्डले हिजो र आज विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।समाजवादी मोर्चामा सहभागी दलहरूसँग मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भएको प्रचण्डको भनाइ छ । ‘मोर्चालाई सक्रिय पार्नेबारेमा नै हिजो र आज पनि छलफल भएको छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार