नुकाकोटमा जुवा खेलिरहेका ठाउँबाट १० लाख ७१ हजारसहित २२ जना पक्राउ

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
१२ भाद्र २०८२

नुकाकोटमा जुवा खेलिरहेका ठाउँबाट १० लाख ७१ हजारसहित २२ जना पक्राउ परेका छन्।

शिवपुरी गाउँपालिका-६ गुर्जेमा रहेको बार्दलीइन होटेलमा जुवा खेलिरहेको ठाउँबाट १० लाख ७१ हजार ६ सयसहित २२ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले बुधबार राति साढे ११ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकाहरूमा ६ जना महिला छन्।

साथै ३१ थान कौडा पनि बरामद गरिएको छ। उनीहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित समाचार