काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको छ। >
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबारको तुलनामा काठमाडौंको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ। बिहानको समयमा काठमाडौंमा सामान्य हुस्सु र कुहिरो लाग्ने तथा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ। >
गत मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि बुधबार ५.७, बिहीबार ५.६, शुक्रबार ५.७, शनिबार ५.९, आइतबार ७.२, सोमबार ८.१ र मंगलबार ७ डिग्री सेल्सियस मापन भएको थियो।>>