अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
२२ अशोज २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ । युवराज सफल नाम गरेका व्यक्तिले साह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।

परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी आएको पुष्टि गरे । ‘उहाँहरूविरुद्ध आज पनि जाहेरी आएको छ । योसँगै दुई वटा जाहेरी प्राप्त भएको छ,’ एसपी भट्टराईले भने । मंगलबारमात्रै साह र हामी नेपालका संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए । यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन । २३ र २४ भदौमा भएका घटनाहरू छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा उच्चस्तरीय आयोग बनाइएको छ । अहिले जाहेरी परेका विषय पनि आयोगकै क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रहरीले आयोगमा पठाउने तयारी गरेको छ ।‘अहिले प्राप्त भएका जाहेरीहरू हाम्रो भन्दा पनि आयोगको क्षेत्राधिकारमा पर्छन् । हामी आयोगमै पठाउँछौं,’ परिसर स्रोतले  भन्यो ।

यसअघि सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए । २३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको ज्यान जानुमा उनीहरू नै दोषी रहेकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग थियो । उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो । अहिले बालेनले सिंहदबार जल्दा समेत आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको भन्दै जाहेरी पर्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार