विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२९ कार्तिक २०८१

काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको  प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ । वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ ।

खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५, भरतपुको १ सय ६४ र शंकरपार्कको प्रदूषण १ सय ६२ एक्यूआई मापन गरिएको छ । पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ ।

त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ । तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार