शुक्रबारदेखि अविरल वर्षापछि केशलीया खोलामा आएको बाढी बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि विराटनगरमा करिब १०० परिवार विस्थापित भएका छन् । बाढी ओभर फ्लो भएर बस्तीमा पसेपछि विराटनगर महानगरपालिका– ६ र १२ नम्बर वडामा केशलीया खोला किनारका बासिन्दा बिस्थापित भएका हुन् ।>
प्रहरीका अनुसार विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरुलाई बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालयमा सारिएको छ । विराटनगर ६ का केही घरमा पानी पसेपछि स्थानीय बिस्थापित भएका छन् । बिस्थापितलाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर महानगरपालिका– ८ को सुकुम्बासी बस्तीमा सिंगियाको बाढी पसेपछि ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर–५ को केशलिया ढाटस्थित शंकरवारी टोलमा बाढी पस्ने जोखिम छ । सिंघिया खोला किनारका बस्तीमा पनि बाढी पस्ने जोखिम छ । यता, सुनवर्षी नगरपालिका–३ बाहुनटोलमा बक्राहा खोलाले बाध काटेर बस्तीमा पसेको छ । प्रहरीका अनुसार बाध फुटाएर खोला बस्तीमा पस्दा ६० घरमा बाढीको पानी पसेको छ । सुनवर्षी नगरपालिका– ६ मा बक्राहा खोलाले बाँध भत्काएको छ । खोलाको बाँध मर्मत भइरहेको छ । >
मोरङको उर्लावारी –९ मा रतुवा खोलाको पानी पस्दा २० परिवार बिस्थापित भएका छन् । मोरङको रतुवामाई नगरपालिका– ५ मा कट्नु खोला बस्तीमा पस्दा ६ परिवार विस्थापित भएका छन् । रतुवामाई नगरपालिका– ५ महाराज थानमा बक्राहा खोला बस्तीमा पस्दा ९ परिवार विस्थापित भएका छन् । सोही वडाको मुसरभिट्टामा बाढी पस्दा ३० परिवार विस्थापित भएका छन् ।>>