६१ केजी सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टर पोलले नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।>
उनी यो प्रकरणमा पक्राउ परेका दावा छिरिङकी श्रीमती हुन् । बेल्जियम नागरिक छिरिङ ठमेलस्थित होटल भियनाका सन्चालक हुन् । भन्सार पास भइसकेको ब्रेक सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त परिमाणको सुन बरामद गरेको थियो ।>
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले अनुसन्धान गरेर अभियोग पत्र दायर भएको थियो ।
>>