झुमका कारागारमा ज्वरो र स्वासप्रश्वासको समस्या : एक कैदीको मृत्यु, सातजना थप उपचारका लागि पठाइए

सोनु कुमार दास 34+ समाचार ( )
हिजो मात्र एक कैदीको ज्वरो र श्वासप्रश्वासको समस्या कारण मृत्यु भएको छ। हाल कारागारभित्र बिरामी परेका सात कैदीलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।
१८ भाद्र २०८२

सुनसरी — सुनसरीको झुमका कारागारमा ज्वरो र स्वासप्रश्वासको समस्या तीव्र भएपछि कैदीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। हिजो मात्र एक कैदीको ज्वरो र श्वासप्रश्वासको समस्या कारण मृत्यु भएको छ।

हाल कारागारभित्र बिरामी परेका सात कैदीलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।

बढ्दो स्वास्थ्य संकटलाई ध्यानमा राख्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इनरुवा अस्पतालबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको विशेष टोली कारागारमा परिचालन गरिएको छ।

झुमका कारागारभित्र उत्पन्न स्वास्थ्य समस्या गम्भीर बन्दै गएपछि जिल्ला सुरक्षा समितिका पदाधिकारी स्वयं उपस्थित भई उपचार कार्यको अनुगमन गरिरहेका छन्। स्वास्थ्य परीक्षण, औषधि आपूर्ति र रोगको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।

कारागार प्रशासनका अनुसार बिरामीहरूको अवस्था स्थिर बनाउन तत्काल उपचार जारी राखिएको छ भने थप विवरण क्रमशः सार्वजनिक गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार