जनकपुरमा ज्वाइँले गरे ससुरालाई चक्कु प्रहार गरी हत्या

लाइभ न्यूज रफतार 3655+ समाचार ( )
१८ असार २०८२

जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो ।

विमललाई उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् । ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएक पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपाकिलाका मेयर मनोज साहका आफ्नै काका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार