जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।>
जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।>
उक्त तस्वीरमा देखिएजस्तै ती व्यक्तिले साच्चै पेस्तोल बोकेका हुन्/होइनन् यकिन भएको छैन। तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन। यद्यपी यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताए।>
‘पेस्तोल बोकेको हुन्/होइनन् अहिले यकिन भइसकेको छैन। यद्यपी, यसबारे हामीले आन्तरिक रूपमा बुझ्ने र अनुसन्धान गर्ने काम गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने।>
टीओबीलगायत सबै समूह व्यक्तिका अराजक गतिविधि, आगजनी, तोडफोडलगायतका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।>>