आज पनि बढ्यो सुनचाँदीको मूल्य

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
७ पौष २०७९

साताको पाँचौ दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ८ सय र चाँदी २५ रूपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले बढेर एक लाख एक हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले बढेर १ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार