गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् । >
अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक प्रहरी हेडक्वार्टर पुगेका हुन् । यसअघि हिजोमात्रै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको हेडक्वार्टर पुगेर ब्रिफिङ लिएका थिए । गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापासहित अन्य अधिकारीहरूसँग विपद्को तयारीबारे भइरहेको तयारीबारे ब्रिफिङ लिएका हुन् ।>
गत वर्ष विपद्का प्रतिकार्यमा काठमाडौं उपत्यकामै समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।>>