हालैको बाढी, पहिरो तथा डुबानका कारण मृत्यु हुनेको संख्या २४६ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, अहिलेसम्म १८ जना बेपत्ता रहेका छन् र १७८ जना घाइते भएका छन्।
>
प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीका अनुसार, बाढी र पहिरो प्रभावित क्षेत्रबाट १७,१७४ जनाको उद्धार गरिएको छ। साथै, सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गर्दै यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको छ।
>
>
सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको छ, जहाँ ७९ जना घाइते र ६ जना बेपत्ता रहेका छन्। काभ्रेपलाञ्चोकमा नै १२,६४७ जनाको उद्धार भएको छ।>
>
दोस्रो स्थानमा ललितपुर रहेको छ, जहाँ ४६ जनाको मृत्यु, १६ जना घाइते र ५ जना बेपत्ता भएका छन्।>
>
बागमती प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको छ, साथै ११६ जना घाइते र ८ जना बेपत्ता रहेका छन्। यस प्रदेशमा १३,६९४ जनाको उद्धार गरिएको छ।>
>
काठमाडौं उपत्यकामा, ३ जिल्लामा मात्रै ७० जनाको मृत्यु भएको छ, जहाँ ३७ जना घाइते र ६ जना बेपत्ता रहेका छन्। उपत्यकामा २,१५८ जनाको उद्धार गरिएको छ।>
>
>
>
>>