न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२३ माघ २०८०

रत्नपार्कस्थित शान्ति बाटिकाबाट नगर प्रहरीले बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् ।

नगरप्रहरीले हस्तक्षेप गरेर उनलाई रोके । रावलले २४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आइरहेकी थिइन् । आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको भन्दै उनी कानूनी तथा सडक संघर्षमा छिन् । श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग सहित उनले अनशन सुरु गरेकी हुन् । आज नगर प्रहरीले बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई लखेटेको थियो । त्यस क्रममा अरूसँगै आरती रावल पनि निकालिइन् । प्रहरीले सामान निकाल्न प्रयास गर्दा आरतीले आफूसँग रहेको विषको बोतल घुर्क्याउने प्रयास गरिन् ।

तर, प्रहरीले उनको हातबाट बोतल खोस्यो । त्यसपछि उनका सामानहरू बाहिर निकालेर मिल्काइदिएका थिए । आरतीको हातमा लगाएको स्लाइन खुस्किएको थियो र उनी लगातार चिच्याइरहेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार