मालपोतबाट तीस करोड चौरासी लाख राजस्व सङ्कलन

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
२४ श्रावण २०८०


जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९र८० मा तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । 

आर्थिक वर्ष २०७८र७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८र७९ मा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए ।

आर्थिक वर्ष २०७९र८० मा रजिष्टे«शन दस्तुरबाट पन्ध्र करोड ८० लाख पाँच हजार चार सय सत्र, पुँजीगत लाभकर एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र, रोक्का दस्तुर धितोसमेत गरी तीन करोड अठार लाख सत्तरी हजार राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरी नामसारी संशोधनबाट बैसठ्ठी लाख अठसठ्ठी हजार आठ सय सत्र, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर एघार हजार आठ सय पाँच राजस्व सङ्कलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो ।

सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत सङ्कलन भएको एघार करोड ३९ लाख ५७ हजार १५ सङ्घीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार