जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। प्रतिश जिसिले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पारि खेलका छन्। >
मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमती ४९ दशमलव २ ओभरमा अलआउट हुँदै १९० रनमा समेटियो । बागमतीका लागि प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले समान ४ छक्का र चौका हिर्काए ।
>
त्यस्तै रविन जोशीले २१ रन थपेको खेलमा इशान पाण्डेले १५, विपीन आचार्यले १३, रित गौतमले १२ र रिजन ढकालले ११ रन थपे । बागमतीले ३८ रन अतिरिक्तरुपमा पाएको छ ।
>
बलिङतर्फ मधेशका रुपेश सिंह र अरनिको यादवले समान २ तथा राजेश यादव, रञ्जित कुमार, पवन सर्राफ र कप्तान हरिशंकर साहले समान १ विकेट लिए ।
>>