टिकटकमाथिको प्रतिबन्ध गलत : अध्यक्ष लिङ्देन

लाइभ न्यूज रफतार 3657+ समाचार ( )
टिकटकमाथि प्रतिबन्ध
२७ कार्तिक २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको बताएका छन्। 

आज बसेको मन्त्रिपरिषदको बैठकले टिकटकलाई बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमाथि टिप्पणी गर्दै लिङ्देनले यो अनुचित र अनुपयुक्त भएको बताएका हुन्।

सामाजिक सञ्जालमा हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको भन्दै प्रतिबन्धलाई स्वीकार गर्न नसकिने उनको भनाई छ। 

‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो,’ उनले लेखेका छन्, ‘कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। 

सरकारले भविष्यमा फेसबुक, ट्वीटरलगायत पनि बन्द गर्न सक्ने उनको भनाइ छ।

उनले अगाडि भनेका छन्,’कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न। आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (ट्वीटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने निरंकुशताको विरोध गरिन्छ।’

टिकटमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने उनको माग छ।


प्रतिक्रिया

सम्बन्धित समाचार