कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन्।खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ। फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन्। मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन्। यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ।अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो। यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो। मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।>
विश्वकप फुटबलः तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै
प्रतिक्रिया
ताजा समाचार
प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा अर्थमन्त...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
12th BRICS Parliamentary Forum begins in New Delhi...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
प्रधानमन्त्री मोदीद्वारा ब्रिक्स राष्ट्रका संसदीय...
लाइभ न्यूज रफतार | १३ कार्तिक २०८३
विराटनगरमा ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या, त...
Jugesh Das | १२ कार्तिक २०८३