मोरङमा ४ वर्षीया बालिकाको रहस्यमय मृत्य, मध्यरातमा प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्दै

लाइभ न्यूज रफतार 3771+ समाचार ( )
८ श्रावण २०८३

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–९ मा एक ४ वर्षीया बालिकाको रहस्यमय अवस्थामा मृत्यु भएको छ । बालिकाको मृत्यु हत्या वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


प्राप्त जानकारीअनुसार बालिका दिउँसो करिब ४ बजेदेखि हराइरहेकी थिइन् । बालिका हराएपछि परिवारजनले खोजी गर्ने क्रममा घरबाट करिब दुई सय मिटरको दूरीमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।


घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक मुचुल्का उठाउनुका साथै घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गर्ने कार्य गरिरहेको जनाएको छ ।


घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । बालिकाको मृत्युको वास्तविक कारण भने अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियापछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।


घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार