एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ श्रावण २०८२

आइतबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार