विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोग अझै अलमलमा छ ।>
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृहकार्य गरिरहको बताउँछन् । उनी भन्छन्, ‘अबको एकदुई दिनमा हामी यसको निचोडमा पुग्छौं ।’>
भण्डारीले विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउनुपर्ने स्वभाविक मागप्रति आयोग कुनै विमति नरहेको भने बताएका छन् । उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउनुपर्छ भन्ने कुरा उठेका छन् । आयोगले यसलाई कसरी हेरेको छ । यो स्वाभाविक माग हो । प्रवासी नेपालीको यो मागप्रति आयोगले विमति पनि राखेको छैन । विदेशम रहेका नेपालीहरुले मताधिकार पाउनुपर्छ भन्ने विषयमा अहिले विभिन्न चरणमा छलफल पनि भइरहेका छन्।’>
यसका सम्भावनाबारे छलफल भइरहेको भण्डारीको जवाफ छ, ‘अहिले विदेशका केही ठाउँमा भएपनि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउँ भन्ने सरकारको पनि आग्रह छ । सरकार आफ्नै तहबाट अध्ययन समेत गरिरहेको छ । आयोग समेत आफ्नै तहबाट अध्ययन गरिरहेको छ ।’>
>
अध्ययन गरिसकेर केही दिनमा निचोडमा पुगिने उनले बताएका हुन् ।>>